सभामुख महोदय! एम अधिकारी भन्ने व्यक्तिबारे मैले प्रमाण फेला पारे : माओवादी सांसद महत — OSNepal

सभामुख महोदय! एम अधिकारी भन्ने व्यक्तिबारे मैले प्रमाण फेला पारे : माओवादी सांसद महत

LC (KTM) July 29, 2022 0

काठमाडौं १३ साउन । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले एम अधिकारी भन्ने व्यक्तिबारे आफूले प्रमाण फेला पारेको बताएका छन् ।

आज शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद महतले एम अधिकारी भनेको गभर्नर नै भएको दावी गरेका छन् ।

सीसीटीभी मात्र होइन एम अधिकारी पनि खोज्न सरकारसँग माग गरेको बताएका उनले सरकारले खोजबिन नगरे पनि आफुले एम अधिकारी फेला पारेको बताए ।

संसद बैठकमा महतले भने, ‘एम भनेको मनी अर्थात् पैसा र अधिकारी भनेको अधिकार भएको मान्छे । अर्थात् ढुकुटीमा अधिकार भएको मान्छे या गभर्नर पैसा भएको मान्छे । एम अधिकारी खोज्न समिति बनेन, मैले एक्लै एम अधिकारी भन्ने मान्छे खोजेर बुझाएको छु । उहाँमाथि कार्वाही होस सभामुख महोदय’।

एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेका एम अधिकारी र नै गर्भनर महाप्रसाद अधिकारी भएको भन्दै चौतर्फी यस विषयमा आलोचना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर