काठमाडौं १३ साउन । तत्कालिन अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न बनेको समितिले तयार पारेको प्रतिवेदनमा फरह मत आएको छ । सत्ता पक्ष र विपक्ष बिच शर्माको छानविनमा असहमति भएको हो ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति सहभागी गराई कर हेरफेरको आरोप लागेपछि छानविन गर्न बनेको समितिमा सत्ता पक्षले शर्मामासथ आरोप लगाउने प्रमाण नभेटिएको भन्दै गर्दा समितिमा रहेका एमालेका सांसदले भने ४ कुरामा आपत्ती जनाएका छन् ।
सिटिभी फुटेजको राम्ररी अध्ययन गर्न नसक्नु , तत्कालीन अर्थमन्त्रीको कल डिटेल हेर्नुपर्ने एमालेको माग वेवस्ता गर्नु , बजेट निर्माणमा संलग्न भनिएका अनधिकृत व्यक्तिसँग पनि सोधपुछ नगर्नु र करको दर हेरफेर गर्दा मर्कामा परेका व्यापारीहरूमध्ये केही प्रतिनिधिहरूसँग कुरा नगर्नु प्रति एमालेले आपत्ती जनाएको छ ।