आज बस्ने संसद बैठकमा परराष्ट्रमन्त्री खड्काले एसपीपीबारे उठेको प्रश्नको जवाफ दिँदै — OSNepal

आज बस्ने संसद बैठकमा परराष्ट्रमन्त्री खड्काले एसपीपीबारे उठेको प्रश्नको जवाफ दिँदै

LC (KTM) July 29, 2022 0

काठमाडौं १३ साउन । आज बस्ने प्रतिनिधिसभाको बैठकमा परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे उठेको प्रश्नको जवाफ दिने भएका छन् ।

एसपीपीमा नेपाल सहभागी नहुने भनेर गरिएको निणर्य अमेरिकालाई नपठाएको भन्दै सरकारमाथि संसद र सार्वजनिक रुपमा प्रश्न उठ्दै आएकाले खड्काले आज बस्ने बैठकमा जवाफ दिने भएका हुन् ।

यस विषयमा साउन ४ गते बसेको बैठकमा एमाले सांसद भीम रावलले ‘रोष्ट्रम कब्जा गरेपछि बैठक स्थगित भएको थियो । रावलले एसपीपीमा संलग्न नहुने निर्णय अमेरिकालाई जानकारी नगराइएको भन्दै आक्रोश पोखेका थिए ।

त्यस लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले साउन ५ गते सरकारलाई एसपीपीबारे भएको गतिविधिबारे जानकारी गराउन रुलिङ गरेका थिए ।

सोही रुलिङको पालना गर्दै शुक्रबार बस्ने प्रतिनिधि सभाको बैठकमा खड्काले जवाप दिने भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर