काठमाडौं १३ साउन । विश्व बाघ दिवसको अवसर पारेर सार्वजनिक तथ्यांकअनुसार नेपालमा बाघको संख्या ३५५ पुगेको छ । पछिल्लो ४ वर्षमा १२० बाघ थपिएसँगै बाघको संख्या ३५५ पुगेको हो ।
नेपालमा सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा बाघ रहेका छन् । त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा रहेका छन् ।
पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।