काठमाडौं १३ साउन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक दलहरु विधि र पद्धतिभन्दा आफ्नो स्वार्थोन्मुख भएकाले झन चुनौती थपिएको बताएका छन् ।
शुक्रबार नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं १० ईकाई समितिले आयोजना गरेको एक कार्यक्रमा सहभागी भएका नेता सिंहले यस्तो बताएका हुन् ।
अहिले मूल्य-मान्यताको राजनीति अन्त्य भएको र पावर बेस राजनीति अगाडि बढेकाले राजनीतिक दलप्रति निराशा बढेको टिप्पणी गरेका उनले कृष्णप्रसाद भट्टराईलाई २०४८ को चुनाव हराउनुले मुलुक गलत बाटोमा गएको औंल्याए ।
राजनीतिक दलहरुका कार्यशैली सच्चिनुपर्नेमा जोड दिएका उनले राजनीतिक दलहरुले जिम्मेवार बनेर आगामी चुनौतीको सामना गर्नुपर्ने बताए ।