चितवन, १२ साउन :
चिप्लिएर नारायणी नदीमा लडेका एक पुरुष बेपत्ता भएका छन् । बिहीबार बेलुका करिब ५ बजे भरतपुर–१, जोरकुसुम पार्कको चौतारामुनि सफा गर्ने क्रममा चिप्लिएर लड्दा एक पुरुष नारायणी नदीमा बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा गोरखा आरुघाट घर भई हाल भरतपुर महानगरपालिका–२, क्षेत्रपुर बस्ने ४५ वर्षीय रमेश खनाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पुरुषको खोजी कार्य थालिएको छ ।
टुकुचा किनारका टहरा हटाउन ३५ दिने सूचना जारी : काठमाडौं महानगरपालिकाले टुकुचा खोला किनार क्षेत्रका नक्सा स्वीकृत नभई बनाइएका घर/टहरा हटाउन सूचना जारी गरेको छ ।
यो पनि : काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित सिटी एक्सप्रेस मनी ट्रान्सफर रहेको भवन (काठमाडौं प्लाजाको उत्तर तर्फ)देखि जय नेपाल हलसम्म टुकुचाखोलाको किनार क्षेत्रको अतिक्रमित संरचना हटान महानगरले सूचना जारी गरेको हो ।
घरधनी आफैंले नहटाएमा महानगरले ती संरचना आफैं हटाउने चेतावनी दिएको छ ।
काठमाडौं महानगरपालिका शहरी व्यवस्थापन विभाग (साविक भवन निर्माण इजाजत विभाग)बाट जारी गरिएको स्वीकृत नक्सा विपरीत भवन निर्माण मापदण्ड विपरीत र नक्सा नै नलिई घर/टहरा निर्माण गरेको देखिएको हुँदा त्यस्तो प्रकृतिका भवनहरु यो सूचना जारी भएको ३५ दिनभित्र हटाउनन अनुरोध गरिएको छ ।