संसदीय समितिको फरक निष्कर्ष : शर्मालाई दोषी पुष्टि गर्ने प्रमाण नभेटिएको सत्ता पक्षको दावी — OSNepal

संसदीय समितिको फरक निष्कर्ष : शर्मालाई दोषी पुष्टि गर्ने प्रमाण नभेटिएको सत्ता पक्षको दावी

LC (KTM) July 28, 2022 0

काठमाडौं १२ साउन । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिमा फरक मत आएको छ । सत्ता पक्षका र प्रतिपक्ष एमालेको सांसदमा मत बाझिएको छ ।

प्राप्त प्रमाण र बयानले शर्माविरूद्धको आरोप प्रमाणित नगर्ने भएकाले शर्मालाई दोषी ठहराउन नहुने निष्कर्ष निकालेको छ । प्रति पक्षले भने प्राप्त प्रमाण र बयानका आधारमा शर्मालाई निर्दोष भन्न नमिल्ने जिकिर गरेको छ ।

साथै समितिले गरेको छानबिन आफैंमा अपूरो रहेकाले यसमा अझै थप अनुशन्धान गर्नुपर्ने बताएको छ ।

आज बसेको अन्तिम बैठकमा एमालेले अर्थ मन्त्रालयले समितिलाई छानबिनमा असहयोग गरेको, विवाद आउनासाथ मन्त्रालयले सीसीटीभी फुटेज सार्वजनिक गरेको दावी गरेको छ ।

यता सत्ता पक्षले भने सीसीटीभी फुटेज अस्पष्ट भएकाले अर्थमन्त्रालयभित्र घुसपैठ भएको प्रमाणित नभएको बताएका छन् ।

आज समितिको अन्तिम बैठक बस्नु अघि सत्ता पक्षका माओवादी सांसद देव गुरुङले सत्तारुढ दलका शीर्ष नेताहरुलाई भेटेका थिए । भने एमालेका सांसदले पनि पार्टीका अध्यक्ष केपी ओलीलाई भेट गरी सुझाव लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर