राजनीतिकर्मीहरु जनताबाट धेरै टाढा भइसकेकोले देश कता पुग्छर कसरी जान्छ भन्ने चिन्ता छ : शेखर कोइराला — OSNepal

राजनीतिकर्मीहरु जनताबाट धेरै टाढा भइसकेकोले देश कता पुग्छर कसरी जान्छ भन्ने चिन्ता छ : शेखर कोइराला

LC (KTM) July 28, 2022 0

काठमाडौं १२ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश कता पुग्छ, कसरी जान्छ भन्ने आफुलाई चिन्ता लागेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता कोइरालाले देशमा सुशासन समेत नरहेको भन्दै यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

‘यसैगरी घिचघिच गरेर देश चलाउने हो भने हामी कहींको रहँदैनौं । देश कता पुग्छ, कसरी जान्छ भन्ने हामी सबैलाई चिन्ता छ,’ कोइरालाले भने ।

अहिलेका राजनीतिकर्मीहरु जनताबाट धेरै टाढा भइसकेको बताएका उनले आफुहरुले राजनीति गरेपनि जनतासँग धेरै टाढा भइसकेको औल्याए ।

‘जनतासँग नजोडिकन हामी राजनीति गर्न थाल्यौं भने राजनीतिज्ञ त हौंला, भइन्छ तर वास्तवमा जनताले त्यसको फाइदा राजनीतिज्ञसँगबाट लिन पाउँदैनन् ‘ उनले भने ।

जसको लागि राजनीति गर्दा जनतासँग जोडिन आवश्यक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर