आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति घोषणा गर्न प्रधानमन्त्री देउवाले मागे प्रचण्डको सहमति — OSNepal

आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति घोषणा गर्न प्रधानमन्त्री देउवाले मागे प्रचण्डको सहमति

LC (KTM) July 28, 2022 0

काठमाडौं १२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति घोषणा गर्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सहमति मागेको छन् ।

प्रधानमन्त्री देउवाले बुधवार प्रचण्डलाई फोन गरेर चुनावको मिति घोषाणा गर्न सहमति मागेका हुन् । प्रेस संगठनका पूर्व पदाधिकारीसँग बिहीवार भएको भेटमा प्रचण्डले यस विषयमा जानकारी गराएका हुन् ।

जवाफमा आफुले प्रधानमन्त्री देउवालाई एकदुई दिन कुर्न आग्रह गरेको बताए । नागरिकता विधेयकलगायत संसद्मा बाँकी रहेका विधेयक पारित गरेर एकदुई दिनमा चुनाव घोषणा गर्नुहोला भनेर आफुले सुझाव दिएको बताए ।

मंसिर ४ गतेका लागि चुनावको मिति घोषणा गर्ने तयारी भएको बताएका प्रचण्डले एकदुई दिनमै मिति घोषणा बताए । साथै उनले आगामी चुनावमा पनि गठवन्धन कायमै रहने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर