काठमाडौं ।
गर्भ राख्ने औषधि सेवन गर्दा एकैचोटी ७ बच्चा जन्मिएका छन् । यो खबर हो पाकिस्तानको । जहाँको खैबर पख्नुन्ख्वास्थित एबटावाद सहरमा एकसाथ सातवटा बच्चा जन्मिएका छन् । बच्चाका पिता बनेका यार मोहम्मद एकसाथ ७ वटा बच्चा जन्मिँदा खुशीले फुरुगं छन् । यसअघि नै दुईवटा छोरीका बाबु आमा बनिसकेका मोहम्मद दम्पत्तिले पछिल्लो पटक एकैसाथ ४ छोरा र ३ छोरीलाई जन्मदिएपछि उनीहरुको खुशीको सीमाना नै रहेको छैन ।
यतिधेरै सन्तान हुँदा पालनपोषण कसरी गर्ने रु तर मोहम्मदलाई चिन्ता छैन । आफूहरु संयुक्त परिवारमा बस्ने भएकोले बच्चाबच्चीहरु सबैको सहयोगमा हुर्किनेमा उनीहरु ढुक्क छन् । ७ वटा बच्चालाई शल्यक्रियष गरेर निकाल्न चिकित्सकलाई पनि चुनौती भएको बाबु मोहम्मद बताउँछन् ।
शल्यक्रिया एक घण्टासम्म चल्यो । शल्यक्रिया समेत निकै जटिल र खतरनाक बन्यो । निकै सावधानी पूर्वक गर्भाशयबाट उनीहरुले एक एक गरी सातवटा बच्चा बाहिर निकाल्न सफल भए । डाक्टरहरु नै एकछिन चकित बने ।
औषधिका कारण एकसाथ एकभन्दा धेरै डिम्बहरु पाक्ने हुनाले जुम्ल्याहा वा त्यो भन्दा धेरै संख्यामा बच्चाको भ्रूण बन्ने गरेको चिकित्सकले मोहम्बदलाई अस्पताल बसाइृका क्रममा जानकारी दिएका थिए । मोहम्मदकी पत्निले गर्भाधारण गर्ने औषधि सेवन गरेकै कारणले गर्भमा सातवटा बच्चा रहेको हुनसक्ने ठहर डाकटरहरुको छ ।