चौतर्फी विरोध भएपनि नारिकता विधेयक राष्ट्रियसभाबाट पनि बहुमतले पारित — OSNepal

चौतर्फी विरोध भएपनि नारिकता विधेयक राष्ट्रियसभाबाट पनि बहुमतले पारित

LC (KTM) July 28, 2022 0

काठमाडौं १२ साउन । अन्तत: चौतर्फी विरोध भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ ।

बिहिबार बसेको राष्ट्रिय सभाको बैठकमा प्रतिनिधिसभाबाट पारित भएर सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिएका हुन् ।

विधेयकमा विदेश महिलाले नेपाली पुरुषसँग विवाह गरी आएलगत्तै उनले वैवाहिक अंगीकृत नागरिकता पाउने र गैरआवासीय नेपालीलाई समेत सामाजिक, आर्थिक र सांस्कृतिक गतिविधि गर्ने पाउनेगरी नागरिकता दिने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर