डीएसपी रमेशबहादुर सिंहलाई ८ महिना कैद सजाय , जागिर खान गरेका रहेछन् यस्तो काम — OSNepal

डीएसपी रमेशबहादुर सिंहलाई ८ महिना कैद सजाय , जागिर खान गरेका रहेछन् यस्तो काम

LC (KTM) July 28, 2022 0

काठमाडौं १२ साउन । डीएसपी रमेशबहादुर सिंहलाई ८ महिना कैद र १५ हजार रूपैयाँ जरिबाना भएको छ । डिएसपी सिंहमाथि सरकारी कागजात सच्याएर सरकारी जारिग खाएको आरोप लागेको छ ।

सिंहले २०५८ सालमा प्रहरी निरीक्षक इन्स्पेक्टरको लागि खुलेको आवदेन फारम भर्नको लागि एसएलसीको नक्कली चारित्रिक प्रमाणपत्र बनाएर त्यसै आधारमा नागरिकताको प्रतिलिपी निकालेको ठहर गर्दै विषेश अदालतले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिम सजाय गरेको हो ।

उक्त दफा भनिएको छ, ‘उपदफा १ अनुसार अपराध गर्नेलाई ६ महिनादेखि १ वर्षसम्म कैद र १० हजारदेखि २० हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।’

विशेष अदालतका न्यायाधीशहरू श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले सिंहलाई दोषी ठहर गर्दै फैसला सुनाएको हो ।

सिंह विरुद्ध ख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा मुद्धा दर्ता गरे सँगै उनी निलम्बित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर