काठमाडौं ।
पार्ले – जी बिस्कुटको स्वादका पारखी धनाड्यहरु पनि छन् । यसको प्याकेटको आकार र गणना समयसँगै घट्दै गए पनि यसको स्वाद पहिलाजस्तै भएको बताइनछ ।
अहिले पनि भारतमा ५ रुपैयाँ मात्रै तिरे पार्ले – जी बिस्कुट पाइनछ ।
गरिबदेखि धनीसम्म यसको स्वादका सौखिन छन् भन्ने उदाहरण बने इन्डिगो एयरलाइन्सका सह(संस्थापक तथा एमडी राहुल भाटिया ।
उनले उडानका क्रममा ५ रुपैयाँको चिया र पार्ले–जीको मजा लिइरहेको दृश्य अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ ।
दृश्यमा उद्योगी राहुल भाटियाले चियामा डुबाएर पार्ले(जी बिस्कुट खाइरहेको देख्न सकिन्छ । यो तस्विरले पार्ले(जीको लोकप्रियता झनै बढाएको चर्च बजारमा चलीरहेको छ ।
करिब ४।७ बिलियन डलरका मालिक समेत रहेका राहुल भाटिया सादगीका लागि परिचित छन्। फोर्ब्सको सूचिमा उनी राम्रै स्थानमा पर्छन् ।