रौतहट, १२ साउन –
चन्द्रपुर नगरपालिका–६ स्थित जनज्योती बहुमुखी क्याम्पसमा सञ्चालन भइरहेको बीबीएस दोस्रो वर्षको परीक्षामा अर्काको नाममा परीक्षा दिईरहेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राजदेवी नगरपालिका–१ बस्ने २० वर्षीय राजन तिवारी छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरीले अनुगमन गर्दा तिवारीले आफ्नो दाइको नाममा परीक्षा दिईरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो पनि :
काठमाडौं र बझाङबाट जुवातास खेलिरहेको अवस्थामा १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।काठमाडौं महानगरपालिका–१६ मनाङगेट बस्ने दिप लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा गोरखा धार्चे गाउँपालिका–७ घर भई हाल काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस्ने २७ वर्षीय वीर बहादुर गुरुङसमेत छन् । उनीहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ८ सय ४० रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै, बझाङको जयपृथ्वी नगरपालिका–९ सिमखेत बस्ने बिष्णु मण्डेलको घरमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५८ वर्षीय दिपक खड्का समेत ११ जना छन् । उनीहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९१ हजार ५ सय ७५ रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।