५ वर्षका लागि नेपालले गर्यो भारतसँग मल ल्याउने सम्झौता — OSNepal

५ वर्षका लागि नेपालले गर्यो भारतसँग मल ल्याउने सम्झौता

LC (KTM) July 28, 2022 0

काठमाडौं १२ साउन । नेपालले भारतसँग नौ लाख बराबरको रासायनिक मेट्रिक टन मल खरिदको लागि सम्झौता गरेको छ ।

५ वर्षका लागि नेपालको कृषि सामग्री कम्पनी लिमिटेड र भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर (आरसीएफ) बीच गत १ साउनमा खरिद सम्झौतामा हस्ताक्षर भएको हो ।

कृषि सामग्री कम्पनीका निमित्त प्रबन्ध सञ्चालक राजेन्द्र कार्कीले दिएको जानकारी अनुसार सम्झौतामा नेपालले आगामी सन् २०२५/०२६ सम्म ४ लाख ५७ हजार मेट्रिक टन युरिया र ३ लाख ७० हजार मेट्रिक टन डिएपी मल खरिद गर्ने उल्लेख गरिएको छ ।

सम्झौताअनुसार पहिलो खेप १ लाख ६० हजार मेट्रिक टन मल आगामी मंसिरसम्म नेपाल आइसक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर