आजदेखि काठमाडौंको फोहोर उठाइने, मेयर बालेन शाहले सूचना नै जारी गरेर दिए यस्तो सन्देश — OSNepal

आजदेखि काठमाडौंको फोहोर उठाइने, मेयर बालेन शाहले सूचना नै जारी गरेर दिए यस्तो सन्देश

LC (KTM) July 28, 2022 0

काठमाडौं । लामो समयदेखि काठमाडौं महानगरपालिकामा थुप्रिएको फोहोर आजबाट उठ्ने भएको छ । महानगरपालिकाले सूचना नै जारी गरेर आज बिहान ६ बजेदेखि फोहोर संकलन सुरु गर्ने जनाएको छ ।

महानगरपालिकाद्धारा जारी गरिएको सूचनामा फोहोरमैला ढुवानीको लागि आउने सवारी साधनसम्म पुऱ्याइ सुरक्षित रुपमा घरभित्र राखिएको फोहोरमैला संकलन गर्ने कार्यमा सहयोग पुऱ्याइदिन अनुरोध गरिएको छ ।

सूचनामा कुहिने र नकुहिने फोहोर छुटाउन समेत आग्रह गरिएको छ । पछिल्ला दिनमा बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेकाले महानगरपालिकाले फोहोर संकलन र ढुवानी रोकीएको जनाएको थियो ।

महानगरपालिकाका मेयर बालेन शाहले एक हप्तासम्म फोहोर घरभित्रै राख्न आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर