आज ३४५६ जना कोरोना संक्रमणमुक्त, कोरोनालाई जित्नेको दर बढ्दो — OSNepal

आज ३४५६ जना कोरोना संक्रमणमुक्त, कोरोनालाई जित्नेको दर बढ्दो

LC (KTM) June 20, 2021 0

काठमाडौं । पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमणको दर घट्दै गइरहेका बेला आइतबार ३४५६ जनाले कोरोना जितेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल १०९५६ जनामा परिक्षण गर्दा २४४२ जनामा कोरोना पुष्टि भएको छ । अहिले देशमा सकृय संक्रमितको संख्या ५५५३२ रहेको छ । त्यस्तै अहिले सम्म ३४१११८२८ को कोरोना परिक्षण गरिएको छ । यसै गरी पछिल्लो २४ घण्टामा ५१ जनाले ज्यान गुमाएका छन् ।

यो सँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८७२६ पुगेको छ । त्यस्तै आज काठमाडौं उपत्याकामा ५४८ जनामा कोरोना देखिएको छ । जसमा काठमाडौंमा ४५० ललितपुरमा ५३ जना र भक्तपुरमा २५ जनामा कोरोना देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर