काठमाडौं ६ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले सरकार कुटनितिक रुपमा असफल भएको दावी गरेका छन् । आज आफ्नै निवासमा पत्रकार सम्मेलन मार्फत नेता सिंहले कोरोना भाइरस विरुद्धको दोस्रो खोप समयमा नै ल्याउन नसक्नुले सरकार असफल भएको बताएका हुन् ।
जनताको स्वास्थ्यमा खेलवाड गरेको सरकार कमिसन खेलमा मात्र सफल भएको नेता सिंहको तर्क रहेको छ । सम्मेलनमा सिंहले भने ‘पहिलो डोज खोप लगाएका १४ लाख नागरिक अहिले दोस्रो डोजको प्रतिक्षामा छन्,’ उनले भने, ‘समयमा नै दोस्रो डोज खोप लगाउन नपाउँदा ती जनताको स्वास्थ्य अहिले जोखिममा छ । यसमा सरकारको समयमा नै ध्यान जाओस् ।’
जनताको स्वास्थ्य जस्तो संवेदनशील विषयमा सरकारले हेलचेक्राइ गर्न नहुने उनको तर्क रहेको छ ।