रसुवामा जङ्गली च्याउ खाँदा ११ जना बिरामी, चार जना गम्भीर — OSNepal

रसुवामा जङ्गली च्याउ खाँदा ११ जना बिरामी, चार जना गम्भीर

LC (KTM) July 27, 2022 0

रसुवा, ११ साउन-जङ्गली च्याउ खाँदा उत्तरी रसुवाको पुरानो तातोपानी क्षेत्रमा ११ जना बिरामी भएका छन् ।जिल्ला अस्पताल धुञ्चेका मेडिकल अधिकृत डा निरज फोजुका अनुसार जङ्गली रातो च्याउ खाई बिरामी परेका ११ जनामध्ये चार जना गम्भीर रहेकाले थप उपचारार्थ सबैलाई त्रिशुली अस्पताल रिफर गरिएको छ ।

उपचारका लागि आज अपराह्न अस्पताल आएका बिरामी लम्जुङ तथा रसुवाका रहेको तर उहाँहरूले यहाँ के काम गर्नुहुन्थ्यो भन्नेबारे एकिन थाहा नभएको डा फोजुले बताउनुभयो । तरकारीको रूपमा उपयोग गरिने पहिचान नभएका च्याउलगायत कुनै पनि चीज नखान चिकित्सकले सबैमा अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर