पूजाको फिल्म ‘म यस्तो गीत गाउँछु २’ अष्ट्रेलियामा पनि रुचाइयो, हेर्नुहोस् यी दृश्यहरु — OSNepal

पूजाको फिल्म ‘म यस्तो गीत गाउँछु २’ अष्ट्रेलियामा पनि रुचाइयो, हेर्नुहोस् यी दृश्यहरु

LC (KTM) July 27, 2022 0

काठमाडौं ।

नायिका पूजा शर्माको फिल्म ‘म यस्तो गीत गाउँछु २’ले अष्ट्रेलियामा पनि दर्शकको साथ पाएको छ । निर्देशक सुदर्शन थापा निर्देशनमा तयार भएको फिल्मले नेपालमा शानदार व्यापार गरेपछि अष्ट्रेलियामा प्रिमियरमा पनि दर्शकले मज्जैले पूजालाई साथ दिएका छन् ।

फिल्मको जुलाई दोस्रो सातादेखि अष्ट्रेलियाका तीन शहरमा प्रिमियर भइसकेको र जुलाई १८ मा न्यूक्यासल, जुलाई २२ मा सिड्नी र जुलाई २६ मा मेलबर्नमा फिल्मको प्रिमियर भएको थियो ।

प्रिमियरकै लागि भनेर अभिनेत्री पूजा शर्मा र निर्देशक थापा यतिबेला अष्ट्रेलियामा छन् । गलवार मेलबर्नमा अवस्थित ३ सय सिट क्षमताको हूवर सिनेमा हलमा फिल्म हेर्नका लागि साढे २ सयभन्दा बढी दर्शकको साथ पाएको ओभरसिज राइट्स खरिद गरेको कम्पनी नेप्सिनेका नेपाल प्रमुख विधान कार्कीले जानकारी दिए ।

सांगीतिक लभस्टोरीमा निर्माण भएको फिल्ममा पूजासँगै पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डीसी लगायतको मुख्य भूमिका छ । फिल्मको निर्माण निर्देशक थापाले नायिका पूजासँग मिलेर गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर