काठमाडौं ।
भारतीय योग तथा आध्यात्मिक गुरुको निम्तोमा महानायक राजेश हमाल भारत जाने भएका छन् । भदौ ११ गते छायांकन हुने टक शोमा हमाल र सद्गुरुबीच नेपाल र भारतबीचको मित्रता, संस्कृति र अध्यात्म लगायत विषयमा कुराकानी हुने बताइएको छ ।
भीवाईएफ टक शोले योसँगै वैश्विक सेलिब्रिटीसँग ‘कन्भर्सेसन’ थालनी गर्न लागेको भीवाईएफका प्रमुख दशरथ सुनारले जानकारी दिए । भीवाईएफका प्रमुख सुनारका अनुसार यो प्रतीक्षित टक शो सद्गुरु आश्रममा हुनेछ ।
धेरैअघिदेखि सद्गुरु र हमालबीचको संवादका लागि पहल भएको र अहिले आएर समय मिलेको भीवाईएफले जनाएको छ ।महानायक हमालले गत महिना काठमाडौंमा भीवाईएफ फिल्म स्कुल तथा कलेजको पनि उद्घाटन गरेका थिए ।