‘हजार जुनी सम्म, च च हुँई’ जस्ता फिल्म नचलेपछि निराश बनेका नायक आर्यन अहिले के गर्दैछन् ? आर्यनको हातमा फिल्म छैनन ? — OSNepal

‘हजार जुनी सम्म, च च हुँई’ जस्ता फिल्म नचलेपछि निराश बनेका नायक आर्यन अहिले के गर्दैछन् ? आर्यनको हातमा फिल्म छैनन ?

LC (KTM) July 27, 2022 0

काठमाडौँ ।

‘हजार जुनी सम्म, च च हुँई’ जस्ता फिल्म नचलेपछि निराश बनेका नायक आर्यन सिग्देल अहिले केमा व्यस्त छन् रु पछिल्ला दिनमा अझै भनौँ विबाहपछि आफूलाई फिल्ममा कमब्याक गराउन खुबै कोशिश गरिरहेको भएता पनि आर्यनले आफ्नो जादु नायकका रुपिमा चलाउन सकिरहेका छैनन् ।

आर्यनले नायिका उपासना सिंह ठकुरीसँग जोडी बाँधेर काम गरेको फिल्म ‘डिसेम्बर फल्स’ बिचमै रोकिँदा पनि आर्यनलाई झड्का लाग्यो ।

फिल्म ‘मिरर’मा पनि काम गर्ने पक्का भए पनि यो फिल्म पनि पर्ख र हेरको अवस्थामा रहेका कारण यसको धक्का पनि आर्यनलाई नै लागेको त होइन भन्ने चर्चा फिल्मी बजारमा छ ।

मधुसुदन भट्टराइको निर्देशनमा बन्ने फिल्म पनि साइन गरेका छन् । तर, यो फिल्मको अन्य काम अगाडि नबढेको बताइन्छ ।

आर्यनको हातमा आर्यनले कविराज गहतराजको निर्देशनमा बन्न लागेको फिल्म ‘मिरर’, लक्ष्मण रिजालको निर्देशनमा बनेको फिल्म ‘डिसेम्बर फल्स’ ले खै के खै केको अवस्था बनाइदिँदा आर्यन अब कसरी अगाडी बढ्लान् ? आर्यनका फ्यानले उनलाई पर्खिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर