प्रहरीलाई आर्थिक प्रलोभन पार्न खोजेको आरोपमा २० वर्षीय युवक पक्राउ — OSNepal

प्रहरीलाई आर्थिक प्रलोभन पार्न खोजेको आरोपमा २० वर्षीय युवक पक्राउ

LC (KTM) June 20, 2021 0

काठमाडौं ६ असार । इटहरीबाट काठमाडौंतर्फ आउँदै गरेको बा४ख ४३०९ नम्बरको हाइस गाडीलाई प्रहरीले काठमाडौं जाने अनुमतिपत्र माग्दा सहचालकले प्रहरीलाई आर्थिक प्रलोभनमा पारेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास नगरपालिका–१० बस्ने २० वर्षीय अभिषेक परियार रहेका छन् । पक्राउ परेका ति युवकमाथि सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–७, खुर्कोट बजारस्थित चेकपोस्टमा ड्युटीमा खटिएका प्रहरीलाई १०० रुपैंयामा आर्थिक प्रलोभन पार्न खोजेको आरोप लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर