काठमाडौँ ६ असार । जातीय विभेद गरेको आरोपमा काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिला पक्राउ परेकी छन् । इमेज टेलिभिजनको उकाली ओराली कार्यक्रमकी प्रस्तोता रुपा सुनारले घर भाडामा माग्न जाँदा आफुलाई जातीय विभेद गरेको भन्दै प्ररहीमा उजुरी दिएपछि उक्त महिला पक्राउ परेकी हुन् ।
उनलाई आज आइतबार मालाहानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको हो । प्रहरीले घरबेटीविरूद्ध जातीय भेदभाव तथा छुवाछूत मुद्दाको दफा ४ को उपदफा ३ बमोजिम जाहेरी दर्ता गरेको थियो ।