काठमाडौं १० साउन । निर्वाचन आयोगले २०७९ को स्थानीय तह निर्वाचनमा ५ अर्बभन्दा बढी रकम खर्च लागेको जनाएको छ ।
मंगलबार आयोगले पत्रकार सम्मेलन गरी निर्वाचनमा ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८७० रुपैयाँ खर्च भएको जानकारी दिएको हो ।
आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले सम्मेलनमा बाँकी रहेको ३ अर्ब ६ लाख ८६ हजार १२४ रुपैयाँ सरकारलाई फिर्ता गरिएको जानकारी समेत दिएका छन् ।