काठमाडौं १० साउन । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले नेपाल ‘फाइन्सियल एक्सन टास्ककोर्ष’सँग सम्बन्धित एसिया प्यासिफिक ग्रुपअन मनि लन्ड्रीको कालोसुचीमा पर्नसक्ने खतरा भएको औंल्याएका छन् ।
मंगलबार बसेको संसद बैठकको शुन्य समयमा बोल्दै बढ्दो व्यापार घाटा, भ्रष्टाचार, अपराधिक गतिविधि लगायतका कारणलेजोखिमपूर्ण अवस्थामा रहेको भन्दै यस्तो बताएका हुन् ।
नेपाल सदस्य रहेको एसिया प्यासिफिक ग्रुप अन मनि लन्ड्रीसम्बन्धी कानुनको पर्याप्त नबनिसकेको, बनेको कानुन राम्रोसँग कार्यान्वयन नभई व्यापार करछली, भएका कारण कालोसुचीमा पर्न सक्ने खतरा रहेको बताए ।
‘मनी लन्ड्रिङसम्बन्धी कानुनको पर्याप्त नबनिसकेको, बनेको कानुन राम्रोसँग कार्यान्वयन नभएको व्यापार करछली, बढ्दो व्यापार घाटा, भ्रष्टाचार, अपराधिक गतिविधि लगायतका कारणले गर्दा हाम्रो समष्टिगत स्थिति अति जोखिमपूर्ण अवस्थामा रहेको विज्ञहरूले बताइरहेका छन् ।’ थापाले भने ।
विगतमा कालोसूचीमा पर्दापर्दै नेपाल बचेको भएपनि यो पटक बच्ने अवस्था नभएको भनेर विज्ञहरू त्रसित रहेको बताएका थापाले कालोसूचीमा नेपाल पर्यो भने विप्रेषण र आयातमा निर्भर नेपाल जस्तो मुलुकको अन्तर्राष्ट्रिय बैंकिङ कारोबार बन्द हुने बताए ।
‘एलसी खोल्न नपाउने यस्तो अवस्था हामी कल्पना पनि गर्नसक्दैनौं ।’ थापाले भने ।
यसबाट जोगिन सांसद थापाले सरकारलाई अबिलम्ब संसदलाई जानकारी गराउन माग गरे ।