काठमाडौं –
बलिउड अभिनेता रणवीर सिंह पछिल्लो समय विवद चचर्तामा तानिएका छन् । उनले बोल्ड फोटोसुट गराएपछि उनको चर्चा झनै चुलिएको छ । विचित्र फेसन शैलीको कारण चर्चामा आउने उनले न्युड फोटो खिचाए पछि उनी विरुघ उजुरी परेको छ ।
तस्वीरले महिलाको संवेदनाको अपमान भएको भन्दै एक गैरसरकारी संस्थाले रणवीरविरुद्ध उजुरी नै दर्ता गराएको हो । मुम्बईको चेम्बुर पुलिस स्टेसनमा रणवीरविरुद्ध उजुरी दर्ता भएको हो । महिलाको भावनामा चोट पुर्याएकोदेखि उनीहरुको शिष्टताको पनि अपमान गरेको उजुरीमा उल्लेख छ ।
भारतीय दण्ड संहिताअनुसार फोटोसुट गराएकाले प्रविधि ऐन अन्तर्गत मुद्दा चलाउनुपर्ने माग गरे पनि चेम्बर पुलिसले चाहिं अहिलेसम्म अभिनेताविरुद्ध एफआईआर दर्ता नगरेको बताइएको छ ।
रणवीर करण जोहरको ‘रकी और रानी’को प्रेम कहानीमा अभिनय गरेका छन् जहा आलियाको पनि अभिनय रहेको छ ।