गाडी पार्किङ स्थलमा दीपकराजले नायिका बेनिशा हमाललाई राखेको त्यो प्रस्ताव सम्झेर अहिले खुशी छिन् बेनिशा ! — OSNepal

गाडी पार्किङ स्थलमा दीपकराजले नायिका बेनिशा हमाललाई राखेको त्यो प्रस्ताव सम्झेर अहिले खुशी छिन् बेनिशा !

LC (KTM) July 26, 2022 0

काठमाडौँ :

दीपाश्री निरौला र दीपकराज गिरीको टिमले फेरी छक्का पन्जा ४ को सुटिङ थालनी गरेका छन् । हेमराज बिसीको निर्देशनमा तयार हुन लागेको फिल्ममा बेनिशा हमाललाई निर्माण यूनिटले अगाडी सारेको छ ।

यसअघि चल्तिका हिरोइनहरुलाई लिँदै आएको यो टिमले यसपटक भने औसत चलेकी हिरोइन बेनिशा हमाललाई लिएर अगाडी बढेको छ । दीपकले फिल्मको सुभसाइत नै बेनिशाको जन्मदिनको अवसर पारेर गरेपछि यतिबेला बेनिशा फेरी एक पटक चर्चाको शिखरमा छिन् ।

दीपकले यो फिल्मका लागि बेनिशालाई पहिलो प्रस्ताव गाडी पार्किङ स्थलमा राखेका थिए। एक फिल्मको प्रिमियर शो मा पुगेकी बेनिशालाई गिरीले असारमा समय मिलाउ हैु भन्दै सरप्राइज दिँदै छक्का पन्जा ४ का लागि अफर गरेका थिए ।

दीपकले राखेको प्रस्ताव बेनिशाले केको लागि समय मिलाउन भनेको भनेर बुझीनन् । समय बित्दै गयो । त्यसपछि लामो समय बेनिशा र दीपकको कुरा भएन।

एकदिन दीपाश्रीले फोन गरेर अब काम गर्नु पर्छ भनेपछि बेनिशाले गाडी पार्किङमा स्थलमा राखेको त्यो प्रस्ताव सम्झना आफ्ना लागि छक्का पन्जा ४ मा काम गर्ने भन्ने रहेछ भन्ने कुरा उनले बल्ल अहिले आएर बुझ्न पुगेकी छिन् ।

दीपक–दीपासँग काम गर्न पहिलादेखिनै मन भएको बताएकी बेनिशाले पाएको यो अवसरलाई दर्शकले कसरी हेर्लान् भन्ने कुरा भोलीका दिनमा थाहा लाग्ला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर