काठमाडौं १० साउन । पुर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न बनेको संसदीय विशेष समितिले प्रहरीबाट प्राप्त सीसीटीभी फुटेजसहितको विवरणबारे फरेन्सिक विज्ञहरुसँग परामर्श गर्ने भएको छ ।
बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको विषयमा छानविन गर्न गठन भएको समितिको आज सिंहदरबारमा सुरु भएको छ । बैठकमा समिति सदस्यहरुले उक्त अर्थ मन्त्रालयको सीसीटीभी फुटेज हेरेका छन् ।
अब आज अपरान्ह्र ४ बजे फेरि बैठक बस्ने गरी स्थगित भएको छ । समितिका सचिव सुरेन्द्र अर्यालले फरेन्सिक ल्याबसँग सम्बन्धित विज्ञहरुसँग परामर्श गर्ने बताएका छन् ।