काठमाडौं १० साउन । जनता समाजवादी पार्टीबाट अलग भएका डा . बाबुराम भट्टराईले नयाँ पार्टी नेपाल समाजवादी पार्टी गठनको तयारी गरेका छन् ।
विशेष सुचना अनुार उक्त नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता हुने तयारीमा रहेको र उक्त पार्टी भट्टराई सहित तिन जना अध्यक्ष रहने भएका छन् । अहिले पार्टीको विधान बनाउनेकाम भइरहेको पार्टी गठन गर्न केहि दिन अझै लाग्ने बताइएको छ ।
यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी केन्द्र बनाएर एकता गर्न भट्टराईसँग छलफलमा जुटेका छन् ।
जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टी कब्जा गर्न खोजेको भन्दै वीरगञ्जमा केन्द्रीय समिति बैठक गरी भट्टराईलाई पार्टीको जिम्मेवारीबाट हटाएको थियो ।