जनार्दन शर्मा प्रकरण : समितिको सुरु भएको बैठकमा खोलियो सीसीटीभी हार्डडिस्कको रिपोर्ट, सांसदहरुले हेर्दै — OSNepal

जनार्दन शर्मा प्रकरण : समितिको सुरु भएको बैठकमा खोलियो सीसीटीभी हार्डडिस्कको रिपोर्ट, सांसदहरुले हेर्दै

LC (KTM) July 26, 2022 0

काठमाडौं १० साउन । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठित संसदीय विशेष समिति बैठक सिंहदरबारमा सुरु भएको छ ।

शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको भन्ने विषयमा छानबिन गर्दै आएको समितिले सुरु भएको बैठकमा प्रहरीले दिएको फरेन्सिक रिपोर्ट मा अर्थमन्त्रालयको सीसीटीभी फुटेजको हार्डडिस्कको फरेन्सिक रिपोर्ट खोलिएको छ ।

हेर्न सुरु गरिएको सो भिडियो अहिले समितिका सदस्यहरुले हेरिरहेका छन् ।तर, कहिलेदेखि कहिलेसम्मको, कति भिडियो छ भन्ने प्रष्ट भइसकेको भने छैन ।

यस अघि सीसीटीभी फुटेज १३ दिनसम्म मात्र कायम रहने भन्दै अर्थमन्त्रालयले जवाफ दिए पछि संसदीय समितिले उक्त फुटेज रिकभरका लागि प्रहरीको सहयोग मागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर