फोहोरका पोकाले काठमाडौँमा दुर्गन्ध फैलिन थाल्यो, हप्तौँँसम्म सडकमा फोहोर रहने कठमाडोँ कहिले बन्छ बालेनले सोचेजस्तो सफल र सुन्दर ? — OSNepal

फोहोरका पोकाले काठमाडौँमा दुर्गन्ध फैलिन थाल्यो, हप्तौँँसम्म सडकमा फोहोर रहने कठमाडोँ कहिले बन्छ बालेनले सोचेजस्तो सफल र सुन्दर ?

LC (KTM) July 26, 2022 0

काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर बिसर्जन हुन नसक्दा सडकमा पोका पारेर राखिएको छ । ल्याण्डफिल साइट पुग्ने बाटो निर्माण गर्न शहरी विकास तथा भवन निर्माण विभागले एक साताअघि फोहोर बोक्ने सवारी नचलाउन आग्रह गरेको थियो ।

सोही आग्रहअनुसार काठमाडौं महानगरपालिकाले एक सातासम्म फोहोर ल्याण्डफिल साइट नलैजाने निर्णय गरेको थियो । कामपाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले सूचना जारी गरी एक सातासम्म घरमै फोहोर राख्न आग्रह गरिएको बताउनुभयो ।एक सातासम्म घरभित्र फोहोर राख्न असम्भव भएपछि महानगरवासीले बाटोमा फोहोर राखेका थिए । महानगरवासीले राखेको फोहोर वडा कार्यालयको संयोजनमा प्लास्टिकको झोलामा पोका पारी बाटोको साइडमा राखिएको छ ।

कामपा वातावरण व्यवस्थापन विभाग ल्याण्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले टेकु ट्रान्सफर स्टेसनमा फोहोर व्यवस्थापन गर्न असम्भव भएपछि बाटो किनारामा पोकापारी राखिएको जानकारी दिनुभयो ।

कामपा प्रवक्ता नवीन मानन्धरले विकल्प नभएपछि कामपाले प्याकिङ गरी व्यवस्थित रुपमा सडक किनारामा राखिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘दुर्गन्ध नआउने गरी केमिकल राखेर व्यवस्थित किनारामा राखेका छौं ।’ एक दुई दिन मात्र बाटोमा राख्ने र त्यसपछि ल्याण्डफिल साइटमै लैजाने उहाँको भनाइ थियो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

तर उहाँले भनेजस्तो पूर्ण रुपमा दुर्गन्धहिन देखिँदैन । ‘विभागले दिएको समय सकिन दुई दिन बाँकी छ, हामी तोकेकै दिन बञ्चरेडाँडामा फोहोर लैजाने तयारी गरेका छौं’ –उहाँले भन्नुभयो । महानगरपालिकाका अनुसार २ सय मिटर सडक पूर्ण रुपमा तयार हुन अझै केही दिन लाग्नेछ । यही अवस्था भए अर्को साता मात्र बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर लैजान सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर