तिनकुने गैरिगाउँबाट चिनियाँ नागरिकले सञ्चालन गर्दै आएको कल सेन्टरबाट ४१ जना पक्राउ — OSNepal

तिनकुने गैरिगाउँबाट चिनियाँ नागरिकले सञ्चालन गर्दै आएको कल सेन्टरबाट ४१ जना पक्राउ

LC (KTM) July 25, 2022 0

सञ्चालकको खातामा आउनुपर्ने पैसा कर्मचारीको खातामा सिधै गएपछि बढेको विवादले कर्मचारीले प्रहरीलाई गरेको थियो फोन ।

काठमाडौं ९ साउन । काठमाडौंस्थित तिनकुने गैरिगाउँमा चिनियाँ नागरिकले सञ्चालन गर्दै आएको स्काई वर्ड सर्भिस प्रा.लि.को नामको कल सेकल सेन्टरबाट ४१ जनालाई पक्राउ गरेको छ ।

अवैध रुपमा सञ्चालन गर्दै आएको कल सेन्टरमा प्रहरीले आज दिउँसो छापा मारेको हो । पक्राउ पर्नेमा १४ महिला र २७ पुरुष रहेका छन् । पक्राउ परेकामध्ये ८ जनालाई प्रहरी वृत्त, गौशाला र अन्यलाई नगर प्रहरी कार्यालय, भृकुटीमण्डपमा राखिएको छ ।

कर्मचारी र सञ्चालकबिच विवाद भएपछि कर्मचारीले प्रहरी कन्ट्रोल १०० मा फोन गरेपछि प्रहरी वृत्त, गौशालाको टोली गैरिगाउँस्थित कार्यालयमा पुगेको हो ।

सञ्चालकको खातामा जानुपर्ने पैसा सिधै कर्मचारीको मोबाइलमा पुगेपछि कर्मचारी र सञ्चालक बिच विवाद भएको थियो । सञ्चालकले कर्मचारीको मोबाइल जफत गरेपछि कर्मचारीले प्रहरीलाई फोन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर