'हरियो वन नेपालको धन' भन्ने हाम्रो मुलुकमा खरानीसमेत आयात हुन्छ भन्ने सुनेर अचम्मित भएँ : सभामुख सापकोटा — OSNepal

‘हरियो वन नेपालको धन’ भन्ने हाम्रो मुलुकमा खरानीसमेत आयात हुन्छ भन्ने सुनेर अचम्मित भएँ : सभामुख सापकोटा

LC (KTM) July 25, 2022 0

काठमाडौं ९ साउन । सभामुख अग्निप्रसाद सापकोटाले हरेक वस्तु आयात गर्नुपर्ने बिडम्वना रहेको भन्दै देश गम्भीर अवस्था देखिएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित राष्ट्रमा जीपीएस समृद्ध अभियानको शुभारम्भ गर्दै सभामुख सापकोटाले यस्तो बताएका हुन् ।

खरानीसमेत नेपालमा आयात हुनु बिडम्वनापूर्ण स्थिति भएको भन्दै उनले २ खर्ब ५० करोडकोखाद्यवस्तुहरू विदशेबाट आयात हुनु लज्जा र चिन्ताजनक स्थिति भएको बताए ।

सभामुख सापकोटाले भने, ‘हामी कति बिडम्वनापूर्ण स्थितिमा बाँचिरहेका छौं भने नेपालजस्तो देश जहाँ सागपात, यी हाम्रा लागि असाध्यै ठूलो मात्रामा उत्पादन गर्न सक्छौँ तर गुन्द्रुकसमेत अन्यत्रबाट आयात गर्छौं । जनै लाउँछौं तर नलगाउने चीनबाट पठाइदिन्छन्, राखी त्यस्तै । खरानीसमेत नेपालमा आयात हुन्छ । यो सुनेर आफैं अचम्मित छु । २ खर्ब ५० करोडको हामी खाद्यवस्तुहरू आयात गर्छौं । यो भन्दा लज्जा र चिन्ताजनक स्थिति के हुन्छ ?

युवाहरूको आवाजलाई अहिले सिंगो राष्ट्रले बुलन्द गरिरहेको भन्दै उनले भने, ‘अहिले सिंगो राष्ट्रले धेरै राम्रोसँग बुलन्द गरिरहेको छ । अहिले त छिटपुट संकेतहरु मात्रै देखा परेका छन्, काठमाडौं, धरान लगायतका ठाउँहरुमा । यो संकेत मात्रै हो, साइरन हो यो । साइरनको भाषा हामीले बुझ्नुपर्छ ।’

दर्शनमा, सिद्धान्तमा विचारमा अहिले बहस नभएको र सारा दुनियाँको ध्यान व्यापारमा केन्द्रित भएको भन्दै नेपाल भने एक प्रकारको अन्तरविरोध मडारिन थालेको बताए ।

सभामुख सापकोटाले अघि भने, ‘देशभर एक प्रकारको अन्तरविरोध मडारिन थालेका छन् । एक प्रकारको अराजकता भएको जस्तो छ । दुनियाँमा अभिभावकको खाँचो भएको जस्तो छ । यी सबै परिवेशबाट अहिले नयाँ विश्व दृष्टिकोणको आवश्यकता छ । दर्शनमा, सिद्धान्तमा विचारमा अहिले बहस छैन । सारा दुनियाँको ध्यान व्यापारमा केन्द्रित छ । हतियारको होडबाजी चलिरहेको छ ।

सैन्य क्षेत्रमा शक्ति राष्ट्रहरुले अत्यधिक खर्च गरिरहेका छन् । यस्तो परिस्थितिमा एउटा नयाँ विश्व दृष्टिकोणको निर्माणको दिशातर्फ संसारका महानतम व्यक्तित्वहरु लागिरहेका छन् । त्यही विश्व दृष्टिकोण निर्माणसँगै नेपालमा पनि राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्ने आवश्यकता छ,’।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर