चिनियाँ नागरिकले सञ्चालन गर्दै आएको तीनकुनेमा रहेको कल सेन्टरमा प्रहरीको छापा — OSNepal

चिनियाँ नागरिकले सञ्चालन गर्दै आएको तीनकुनेमा रहेको कल सेन्टरमा प्रहरीको छापा

LC (KTM) July 25, 2022 0

काठमाडौं ९ साउन । चिनियाँ नागरिकले चलाएको तीनकुनेमा रहेको कल सेन्टरमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले विशेष सूचनाको आधारमा उक्त कल सेन्टरमा छापा मारेको हो ।

घर भाडामा लिई सञ्चालन हुँदै आएको उक्त सेन्टरबाट प्रहरीले ल्यापटपलगायतका विद्युतीय उपकरणहरु बरामद गरेको छ ।

घटनास्थलमा मुचुल्का उठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।आइतबार पनि पनि प्रहरीले बुटवलमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा छापा मारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर