काठमाडौं ९ साउन । प्रतिनिधिसभाबाट पारित भएको नागरिकता विधेयक राष्ट्रिय सभाको आज सोमबारको बैठकमा टेबुल भएको छ ।
आज बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक २०७९ लाई सभा समक्ष टेबुल गरेका छन् ।
बैठकमा पाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक २०७६ र जेष्ठ नागरिक (पहिलो संशोधन) विधेयक २०७५ का सम्बन्धमा प्रतिनिधिसभाबाट आएको सन्देश सहित फुयाँलले सभा समक्ष जानकारी गराएका छन् ।