काठमाडौं ६ असार । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने भएका छन् । हिजो शनिबार सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा देउवाले आफु नै पुन पार्टीको सभापतिका उम्मेदवारमा दावी गर्ने बताए पछि देउवा निकट निधिले प्रधानमन्त्री बन्नको लागि सुझाव दिएका थिए ।
आफु भावी नेतृत्वका लागि अगाडी बढ्ने स्पष्ट पारेका निधिले देउवालाई यो पटक भने सभापतिमा साथ नदिने संकेत देखाएका छन् । विशेष स्रोतका अनुसार देउवाले फेरि सभापति बन्ने निणंय गरिसकेकाले अब ब्यान नहुने भएका छन् । देउवा र निधिबिच भएको कुराकानीलाई एक नेताले देउवाको भनाई उद्धृत भने, “सभापति लड्ने नै हो भने त्यो तपाईंको अधिकारको कुरा हो, लड्नुस्”.”तर, म आफ्नो निर्णयबाट ब्याक हुन्न ।” देउवाले दिएको जवाफ निभिले आफुले दिएको साथ र सहयोग नभुल्न आग्रह गरेको बुझिएको छ ।
“म लामोसमयदेखि तपाईंसँगको सहकार्यमा छु, त्यस हिसाबले तपाईंको सहयोग माग्ने मेरो अधिकार नै हो,” निधिको भनाई उद्धृत एक नेताले भने ।