काठमाडौं, साउन ८ । १५० करोडभन्दा बढी भारतीय रूपैयाँको लगानीमा बनेको ‘शमशेरा’ले कमजोर सुरूआत गरेको छ ।रणवीर कपूर, सञ्जय दत्त र वाणी कपूर स्टारर निर्देशक करण मल्होत्राको फिल्म शमशेरामा रणवीरको दोहोरो भूमिका रहेको छ ।
चार वर्षपछि ‘शमशेरा’ मार्फत फिल्ममा फर्किएका रणवीरलाई योृ फिल्मले राम्रो काम गर्ने बताइउपनि यसबाट उनका लागि पनिसुखद नतिजा आउन नसक्ने कतिपय विश्लेषकहरुल्े बताइरहेका छन् ।
पहिलो दिन बक्स अफिसमा १०।२५ करोड भारू मात्रै कमाएको यो फिल्मले विश्वभर ५ हजार ५ सय स्क्रिनमा रिलिज भएको फिल्मले भारतमा ४ हजार ३५० स्क्रिन पाएको थियो।
करण मल्होत्राले निर्देशन गरे पिःल्मको पहिलो दिनको खराब प्रदर्शनपछि फिल्मका अधिकांश शो विश्वभर रद्द गरिएका छन्। ट्रेड विश्लेषकका अनुसार रणवीरको यो कमब्याक फिल्म उनको अर्को फ्लप साबित हुने संभावना बढेर गएको छ ।
ुशमशेराु सन् १८०० को डकैत जनजातिको कहानीमा आधारित छ जो आफ्नो अधिकार र स्वतन्त्रताको लागि अंग्रेजसँग लडाइँ गरेको कथामा बनाइएको सन् २०२२ को बहुप्रतिक्षित फिल्म मध्ये एक हो।