यस्तो छ ‘सम्झना बिर्सना’ को पहिलो साताको ब्यापार — OSNepal

यस्तो छ ‘सम्झना बिर्सना’ को पहिलो साताको ब्यापार

LC (KTM) July 24, 2022 0

काठमाडौं-प्रेमकथानक फिल्म ‘सम्झना–बिर्सना’ शुक्रबारदेखि दोश्रो सातामा प्रबेश गरेको छ । निमेष प्रधान निर्देशीत फिल्म गत शुक्रबार अर्थात ३१ असारदेखि देशब्यापी प्रदर्शनमा छ । फिल्मले एक सातामा कुल २ करोड १८ लाख रुपैयाँ ग्रस गरेको जानकारी निर्माण पक्षले दिएको छ ।रेबिका प्रधान र अद्धितिय प्रधानले निर्माण गरेको फिल्मले दर्शकको उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ ।

आकाश श्रेष्ठ,पूजा शर्मा,सुनील थापा,छुल्ठिम गुरुङ र शिसिर राणा मुख्य भूमिकामा रहेको फिल्म राजधानी र उपत्यकाका मल्टिप्लेक्स तथा सिंगल थिएटरमा दोश्रो सातामा समेत उत्साहजनक रुपमा प्रदर्शन भइरहेको जानकारी निर्देशक प्रधानले दिएका छन् । निर्देशक प्रधानकै लेखन रहेको फिल्ममा आकाश,पूजा र छुल्ठिमबीचको त्रिकोणात्मक प्रेमका साथै दार्जिलिङ्गको चिया बगानमा कार्यरत मज्दुरको जीवनशैली,पीडा,समस्या र हकअधिकारको कुरालाई समेत प्राथमीकताका साथ प्रस्तुत गरिएको छ । फिल्मको कार्यकारी निर्माता सुवास भुर्तेल हुन् ।

दार्जिलिङ,सिल्गुढी तथा सिक्कीमका रमणीय स्थानमा खिचिएको फिल्म आरआर फिल्मस्ले बितरण गरेको हो । शिब ढकालको छायांकन,कमल राई र रामजी लामीछानेको कोरियोग्राफी तथा अर्जुन पोखरेल,निमेष प्रधानलगायतको संगीत रहेको फिल्म १६ सेक्टेम्बरबाट भारतका बिभिन्न शहरमा एकसाथ प्रदर्शन हुने तयारीमा रहेको खबर निर्माता आद्धितियले दिएका छन् ।प्रदर्शनको दोश्रो दिन अर्थात गत शनिबार फिल्मको शीर्ष गीत–सम्झना बिर्सना..सार्वजनीक गरिएको थियो । अगाडिका दुई गीत–परेलीमा लुकाउछु र हाँस्ने खेल्ने बेलैमा झै दर्शकस्रोताले शीर्ष गीत पनि मन पराइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर