चलचित्र ‘महापुरुष’ दसैंमा प्रदर्शनमा आउने,मदनकृष्ण श्रेष्ठ, हरिवंश र गौरी को अभिनय — OSNepal

चलचित्र ‘महापुरुष’ दसैंमा प्रदर्शनमा आउने,मदनकृष्ण श्रेष्ठ, हरिवंश र गौरी को अभिनय

LC (KTM) July 24, 2022 0

काठमाडौं :

दसैंको छेको पारेर चलचित्र ‘महापुरुष’ प्रदर्शनमा आउने भएको छ । प्रदीप भट्टराईले निर्देशन गरेको यो चलचित्रमा सामाजिक विषयवस्तुलाई उठान गरिएको छ । ‘महापुरुष’ टिमले दसैंलाई प्रदर्शनका लागि टार्गेट गरिरहेको छ । कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल लगायतका कलाकारको मुख्य भूमिका रहेको योे चलचित्र १४ असोजदेखि प्रदर्शन गर्ने गरी आन्तरिक तयारी निर्माण पक्ष लागेको छ । यो चलचित्र पनि दसैंमै प्रदर्शनमा आएमा नेपाली चलचित्रबीचको भिडन्त रोमाञ्चक हुनेछ ।

ठूला ब्यानरमा बनेका प्रायः चलचित्रको प्रदर्शन चाडपर्व वा बिदामा गर्ने प्रचलन छ । दसैं तिहारको अवसर पारेर चलचित्र प्रदर्शन गराउन निर्माताको जोड रहन्छ । गएका दुई वर्ष कोरोना महामारीका कारण दसैं–तिहारका बेला चलचित्र हलमा प्रदर्शनमा आउन सकेनन् ।

अहिले दसैंलाई लक्षित गरेर थुप्रै नेपाली चलचित्र प्रदर्शनमा आउने देखिन्छ ।सौर्य दैनिकमा खबर छ । दसैंलाई लक्षित गरेर अहिलेसम्म ‘प्रेमगीत ३’ र ‘परदेशी २’ ले प्रदर्शन मिति तय गरिसकेका छन् । ‘प्रेमगीत ३’ असोज ७ र ‘परदेशी २’ असोज १४ प्रदर्शनमा आउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर