तीनथरी गठबन्धनका कारण सिउँदोमा सिन्दुर र हातमा नागरिकता दिने विधेयक पारित गरियो : प्रदीप ज्ञवाली — OSNepal

तीनथरी गठबन्धनका कारण सिउँदोमा सिन्दुर र हातमा नागरिकता दिने विधेयक पारित गरियो : प्रदीप ज्ञवाली

LC (KTM) July 23, 2022 0

काठमाडौं ७ साउन । नेकपा एमालेका महासचिव प्रदीप ज्ञवालीले तीनथरी गठबन्धनका कारण मुलुक कमजोर बन्दै टिप्पणी गरेका छन् । शनिबार बुटवलमा प्रेस चौतारी नेपाल रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता ज्ञवालीले बताएका हुन् ।

राजनितिमा सत्ता गठबन्धन, अर्थतन्त्रमा वित्तिय गठबन्धन र देशविरूद्ध बाह्य शक्तिसँगको गठबन्धनले मुलुकलाई कमजोर बनाउँदै गरेको दावी गरेका उनले
सरकार सत्ता टिकाउन र भारतसँग कम्फर्टेबल बन्नको लागि विचलनको बाटोमा हिँडिरहेको बताए ।

‘सरकार एकपछि अर्को गर्दै विचलनको बाटोमा हिँडिरहेको छ, हुँदाहुँदा सत्ता साझेदारीको बार्गेनिङपनि विदेशीको रोहबरमा विदेशीको आँगनमै हुनुले नेपाललाई कमजोर बनाउने काम भइरहेको छ।’ उनले भने।

रातारात अध्यादेश ल्याउने र रातारात अध्यादेश फिर्ता गर्ने काम गरियो यसले संविधानको चीरहरण भएको बताएका उनले नेपालमा जन्मिएका नेपाली नागरिक र यसअघि नेपाली नागरिकता लिएका आमाबाबुका सन्तानले विना कुनै सन्देह नागरिकता पाउनुपर्छ नभएको बताए ।

‘नेपालमा जन्मिएका नेपाली नागरिक र यसअघि नेपाली नागरिकता लिएका आमाबाबुका सन्तानले विना कुनै सन्देह नागरिकता पाउनुपर्छ यसमा हाम्रो समर्थन छ, तर वैवाहिक अंगिकृतको हकमा जसरी सिउँदोमा सिन्दुर र हातमा नागरिकता दिने विधेयक पारित गरियो यो मुलुकको हित नभएको बताए ।

‘नेपाली नागरिकसँग विवाह गरेर आउनेहरुको लागि शिक्षा, व्यापार व्यवसाय जस्ता विषयमा ढोका खुल्ला राख्नुपर्छ, तर नागरिकता पाउनको लागि भने केहि निश्चित समय अवधी राखिनुपर्थ्यो।’ ज्ञवालीले भने ।

‘विवाह गरेको भोलिपल्ट नै नागरिकता दिने गरि विधेयक पारित गरेर नागरिकता जस्तो गम्भीर विषयमा सरकार चुक्यो’ उनले भने । आफ्नो पार्टीले विचार र उद्देश्य नमिल्नेहरुसँग सहकार्य नगर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर