प्रचण्ड र माधव नेपाल कम्युनिष्ट आन्दोलनका गद्दारहरु हुन् : महासचिव पोखरेल — OSNepal

प्रचण्ड र माधव नेपाल कम्युनिष्ट आन्दोलनका गद्दारहरु हुन् : महासचिव पोखरेल

LC (KTM) July 23, 2022 0

काठमाडौं ७ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा एमालेबाहेक अन्य दल वास्तविक लोकतन्त्रवादी नभएको जिकिर गरेका छन् ।

शनिबार विरेन्द्रनगरमा एमालेद्वारा आयोजित एक कार्यक्रममा सहभागाी भएका उनले यस्तो बताएका हुन् ।

‘हिजो प्रचण्ड र माधव नेपालले एमाले विभाजन गरेपनि जनताको नेतृत्व गर्न नसक्ने समयले पुष्टि गरिसकेको छ ।’ पोखरेलले भने ।

माधव नेपाल र प्रचण्ड कम्युनिष्ट आन्दोलनका गद्दारहरू भएको भन्दै जिकिर गरेका उनले भने , ‘०४५ सालदेखि माओवादीको नेतृत्व गरिरहेका प्रचण्ड अहिलेसम्म आफ्नो ठाउँमा पुग्ने हाराहारीमा पार्टीभित्र नेता जन्मिएको छैन भन्नुहुन्छ । त्यो उहाँको भ्रमपूर्ण तर्क हो । ‘

नेपाली राजनीतिमा दुई बाटो मात्र भएको बताएका उनले पहिलो बाटो केपी ओलीले अघि सारेको र अर्को शेरबहादुर देउवाले अघि सारेको बाटो भएको बताए । ‘त्यसमा जनताको बहुदलीय जनवादको बाटो नै उपयुक्त हो । प्रचण्ड–माधव त देउवाकै बाटोमा छन् ।’ उनले अघि भने ।

कार्यक्रममा उनले प्रचण्ड नेपालले देउवाको बाटोमा हिँडेर गद्दारी गरिरहेको आरोप समेत गलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर