पुष्पलाल श्रेष्ठवाट दीक्षित भएर एमालेवाट बिद्रोह गरी नेकपा एस निमार्ण गरेका हौं : माधव नेपाल — OSNepal

पुष्पलाल श्रेष्ठवाट दीक्षित भएर एमालेवाट बिद्रोह गरी नेकपा एस निमार्ण गरेका हौं : माधव नेपाल

LC (KTM) July 23, 2022 0

काठमाडौं ७ साउन । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले नेकपाको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठवाट दीक्षित भएर नेकपा एस निमार्ण गरेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिव पुष्पलालको ४४ औं स्मृति दिवसको अवसरमा आयोजित एक कार्यक्रममा सहभागी भएका अध्यक्ष नेपालले नेकपा एमालेवाट बिद्रोह गरी नेकपा एस निमार्ण गरेर नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा एउटा नयाँ कीर्तिमान कायम गरेको बताएका हुन् ।

‘कमरेड पुष्पलालको शिक्षा र दीक्षाबाट दीक्षित भएका हामीले नेकपा एमालेवाट बिद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टीजस्तो क्रान्तिकारी पार्टी निर्माण गरेका छौं। नयाँ निमार्ण भएको पार्टीको नेपाल कम्युनिष्ट आन्दोलनमा यसको छुटै अस्तित्व रहेको छ।’ उनले भने ।

नयाँ पार्टी निमार्ण पछि नेतृत्वको काँधमा थप चुनौती थपिए पनि आत्तिनुपर्ने अवस्था नभएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर