कांग्रेसले भीमदत्त पन्तको टाउको कटाएको हो : अध्यक्ष ओली — OSNepal

कांग्रेसले भीमदत्त पन्तको टाउको कटाएको हो : अध्यक्ष ओली

LC (KTM) July 23, 2022 0

काठमाडौं ७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्माले नेपाली कांग्रेसले आफ्नै पार्टीका व्यक्तिलाई शहीद मान्न अस्विकार गरेको बताएका छन् ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विभिन्न आन्दोलनमा ज्यान गुमाएका आफ्ना नेता कार्यकर्तालाई समेत कांग्रेसले शहिद नमानेको बताएका हुन् ।

भीमदत्त पन्तलाई कांग्रेसले शहीद नमानेको भन्दै ओलीले भने, ‘कांग्रेसले नै टाउको कटाएको हो । कांग्रेसलाई भीमदत्तको नाम लिँदा सिरिङ्ग हुन्छ ।’

दुर्गानन्द झाले कांग्रेस कार्यकर्ताको हैसियतले महेन्द्रको गाडीमाथि बम हानेको खुलासा गरेका उनले नेपाली कांग्रेसले त्यसको जिम्मेवारी कहिल्यै लिन नमानेको पनि दावी गरेका छन् ।

‘उनलाई जेलमा राखेर फाँसी दिइयो तर उनलाई कहिल्यै शहीद घोषणा गरिएन,कांग्रेसको तर्फबाट आन्दोलन गर्दा यज्ञबहादुर थापा, भीमनारायणहरुलाई फाँसीको सजाय सुनाइएको थियो कांग्रेसले त्यो कुरा गरेन ।’ ओलीले भने ।

शहीदलाई जातीयकरण गर्न नहुने बताएका ओलीले जो पहिले मारियो उसैलाई पहिलो शहीद मान्नुपर्ने बताएका छन् । उनले भने, ‘म इतिहासकारलाई अनुरोध गर्दछु, शहीद जातीय विषय होइन राष्ट्रिय आन्दोलनको विषय हो । जातीय शहीद नबनाउनू ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर