नागा चैतन्य र म एउटै कोठामा भए चक्कुजस्ता धारिलो चिज लुकाउनुपर्छ : सामन्था — OSNepal

नागा चैतन्य र म एउटै कोठामा भए चक्कुजस्ता धारिलो चिज लुकाउनुपर्छ : सामन्था

LC (KTM) July 22, 2022 0

काठमाडौँ :

दक्षिण भारतीय सुन्दरी नायिका सामन्था प्रभुले पूर्व पति नागा चैतन्यसँग डिर्भोस भएपछि क्षण आफ्ना लागि निकै असहज र गाह्रो भएको बताएकी छिन् ।चर्चित निर्माता निर्देशक करण जोहरको लोकप्रिय कार्यक्रम कफी विथ करणमा अभिनेता अक्षय कुमारसँगै पुगेकी उनलाई करणले सम्बन्धविच्छेदपछिको जीवन कस्तो रह्यो भनेर सोधेपछि सामन्थाले यो समय आफ्नो लागि कठिन भएको प्रतिक्रिया दिएकी हुन् ।

करणले प्रश्न गरेसँगै भावुक बनेकी उनले आँफु अहिले भने पहिलेभन्दा धेरै शक्तिशाली बनेको उल्लेख गरिन् । करणले सोधे कि सामन्था र उनको पूर्व पतिबीच हार्ड फिलिङ्गहरू छन् रु

तर हालै करण जोरहको शो ुकफी विथ करणु मा सामन्थाले नागा चैतन्यसँग राम्रो सम्बन्ध नरहेको बताएकी छन्। उनले दुवैजना एउटै कोठामा भए धारिलो चिज लुकाउनु पर्ने समेत बताएकी छन्।
अहिले नागाप्रति केही महसुस हुँदैन। यदि हामी दुई एउटा कोठामा बन्द भयौं भने चक्कुजस्ता धारिलो चिज लुकाउनु पर्छ। अहिले राम्रो सम्बन्ध छैन तर सायद पछि राम्रो हुन्छ कि,’ उनले भनिन्।
उनीहरुबीच अहिलेसम्म कुनै सहमति नभएको उनले बताइन्। तर आगामी दिनमा पनि यस्तै हुने उनको विश्वास छ । मैले सधैं आफूलाई मन लागेको कुरा गरें। त्यो सम्बन्धलाई पनि म आफैले रोजेको थिएँ। जब हाम्रो डिभोर्स भयो, यसमा धेरै चिन्तित हुन सक्दिन थिएँ। किनकि मेरो जीवनमा उसले लगानी गरेको थियो। त्यतिबेला मसँग कुनै जवाफ थिएन। साँच्चै कठिन समय थियो। अहिले सब ठिक छ र म बलियो भएकी छु सामन्थाले भनिन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर