बाँस्कोटाको व्यंग्य : सत्ताको चास्नी डुबेपछि माओवादीले छेपारोले भन्दा चाँडो रङ फेर्यो — OSNepal

बाँस्कोटाको व्यंग्य : सत्ताको चास्नी डुबेपछि माओवादीले छेपारोले भन्दा चाँडो रङ फेर्यो

LC (KTM) July 22, 2022 0

काठमाडौं ६ साउन । नेकपा एमालेका नेता एंव सांसद गोकुल बाँस्कोटाले माअ‍ोवादी केन्द्रमाथि व्यंग्य गरेका छन् ।

माओवादीले ७ वर्षको अवधि राखेर मात्र वैवाहिक अंगिकृत नागरिकताको प्रमाणपत्र दिने सहमति जनाएको भएपछि अहिले आएर विना अवधि नागरिकता दिने विषयमा सहमति भएपछि नेता बाँस्कोटाले माओवादीमाथि व्यंग्य गरेका हुन् ।

‘ट्रकमा चढेर आऊ, ट्रेनमा चढेर मेरो मुलुकमा आऊ भन्ने देशले पनि नागरिकता दिनका लागि खास अवधि राखेको हुन्छ । तर, यहाँ कुनै अवधि नै नराखी नागरिकता दिन खोजिएको छ,’ उनले भने ।

नागरिकतामा खुकुलो प्रावधान राख्दा मुलुक फिजीकरण हुने भन्दै सचेत हुन आग्रह गरेका उनले । हिजो अवधि राखेर नागरिकता दिनुपर्छ भन्नेहरु सत्ताको चास्नीको भरमा अहिले आउनेबित्तिकै नागरिकता दिनुपर्छ भनेर सहमत भएका भएको भन्दै बाँस्कोटाले माओवादीले छेपारोले भन्दा पनि चाडो रङ फेरेको बताएका छन् ।

‘हिजो अवधि राखेर नागरिकता दिनुपर्छ भन्नेहरु सत्ताको चास्नीको भरमा अहिले आउनेबित्तिकै नागरिकता दिनुपर्छ भनेर सहमत भएका छन, छेपारोले पनि यति चाँडो रंग फेर्दैन होला, जो अहिले साथी ९माओवादी०ले फेर्नु भएको छ ।’ उनले भने ।

शुक्रबारको प्रतिनिधि सभाको बैठकमा नेता बाँस्कोटाले नागरिकता दिँदा निश्चित अवधि तोकिनु पर्ने भन्दै आउनेबित्तिकै टीका लगाएर दिने प्रावधान खारेज गरिनुपर्ने माग राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर