रुपन्देहीको काेटहीमाई कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चित पालिका घोषणा — OSNepal

रुपन्देहीको काेटहीमाई कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चित पालिका घोषणा

LC (KTM) July 22, 2022 0

भैरहवा, ६ असार :

रुपन्देहीको कोटहीमाई गाउँपालिका १२ वर्षमाथि उमेर समूहलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएकाे छ । गाउँपलिकमा शुक्रबार आयोजित एक कार्यक्रममा जिल्ला खोप समन्वय समितिबाट पूर्ण खोप सुनिश्चित प्रमाणपत्र पाएसँगै पूर्ण खोप सुनिश्चित घोषणा गरिएकाे हो ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाइँबाट खोप सुनिश्चित प्रमाणपत्र घोषणाका लागि अनुमति पाएका हुन् ।

पालिका अध्यक्ष बालकृष्ण तिवारीले पालिकामा रहेका लक्षित समूह ४२ हजार ५६ मध्ये १२ वर्षमाथि पूर्ण खोप लगाएका ३१ हजार ७१ जनाले पूर्ण खोप पाएकाे जानकारी दिए ।

काेटहीमाईमा लक्षित समूहका केही राेजगारीकाे शिलशिलामा पालिका बाहिर रहेकाेले सर्वेक्षण र घरधुरीकाे आधारमा ९८ प्रतिशतले खाेप पूरा गरेकाे स्वास्थ्य शाखा प्रमुख राम निवाश यादवले भने । उनका अनुसार पालिकाका १० हजार ३२७ ले बुस्टर खाेप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर