नेपालीसँग विवाह गर्नेहरुलाई २० वर्षपछि अस्थायी नागरिकता दिनुपर्छ : प्रेम सुवाल — OSNepal

नेपालीसँग विवाह गर्नेहरुलाई २० वर्षपछि अस्थायी नागरिकता दिनुपर्छ : प्रेम सुवाल

LC (KTM) July 22, 2022 0

काठमाडौं ६ साउन । नेपाल मजुदर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले नेपालको भूराजनीतिक अवस्थितिको कारण विदेशी नागरिकसँग विवाह गर्न नेपालीलाई निरुत्साहित गरिनुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधि सभाको जारी बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयकमाथि दफाबार छलफलमा भाग लिदै सांसद सुवालले यस्तो बताएका हुन् । खुला सीमा हुन्जेल छिमेकीसँग सम्बन्ध राम्रो नहुने भन्दै उनले नेपालमा सीमा बन्द गर्नुपर्ने बताए ।

‘सीमा असल सम्बन्ध कायम हुन्न । ४७ अर्ब रुपैयाँ लाग्ने रहेछ । यो असारमा गरेको खर्चको २ दिनको मात्रै हो,’ उनले भने ।

भूराजनीतिक अवस्थितिको कारण विदेशीसँग विवाह गर्न निरुत्साहित गरिनु पर्नेमा जोड दिएका उनले नेपालीसँग विवाह गर्नेहरुलाई २० वर्षपछि अस्थायी नागरिकता दिनुपर्ने उनले बताए ।

नागरिकता विधेयक सार्वभौतिकतासँग जोडिएको हुँदा त्यसमा जनताले पनि आफ्नो धारणा राख्न पाउनु पर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर