सत्ताका लागि नागरिकता विधेयक परिवर्तन गर्न लागियो : एमाले नेता अधिकारी — OSNepal

सत्ताका लागि नागरिकता विधेयक परिवर्तन गर्न लागियो : एमाले नेता अधिकारी

LC (KTM) July 22, 2022 0

काठमाडौं ६ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता खगराज अधिकारीले सत्ताका लागि नागरिकता विधेयक परिवर्तन गरेको आरोप लगाएका छन् ।

केहि बेर अगाडी मात्र सुरु भएको संसद बैठकमा नेता अधिकारीले नेपाल नागरिकता पहिलो संशोधित विधेयक २०७९ माथि छलफलको क्रममा यस्तो प्रतिक्रिया दिएका हुन् ।

हामीले दक्षिणको कुरा गरेका छौँ, भोलि उत्तरको कुरा होला, अन्य देशको कुरा पनि होला, भन्दै सरकारको ध्यानाकर्षण गराएका उनले भने, ‘नागरिकताको कुरामा हामीले भुलेर अगाडि बढौँ भने भोलि को मान्छे कुन पदमा बस्ने भन्ने कुरा कठिन बन्न सक्छ ।’

साथै बैठकमा उनले विदेशी नागरिकले विवाह गरेको सात वर्षपछि मात्रै नागरिकता पाउने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर