नेपालीसँग बिहे गर्ने विदेशी महिलाको हकमा सात वर्षको प्रावधान राखिनुपर्छ : राष्ट्रिय जनमोर्चा — OSNepal

नेपालीसँग बिहे गर्ने विदेशी महिलाको हकमा सात वर्षको प्रावधान राखिनुपर्छ : राष्ट्रिय जनमोर्चा

LC (KTM) July 22, 2022 0

काठमाडौं ६ साउन । राष्ट्रिय जनमोर्चाले भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण गर्ने काम नहोस् भनेर सरकारको ध्यानाकषर्ण गराएको छ । जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जारी संसद बैठकमा यस विषयमा सरकारको ध्यानाकषर्ण गराएकी हुन् ।

वास्तविक नेपालीले नागरिकता पाउनुपर्नेमा कुनै दुई मत नभएको बताएकी उनले भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण गर्न नहुने बताएकी हुन् ।

नेपालीसँग बिहे गर्ने विदेशी महिलाको हकमा सात वर्षको प्रावधान राख्नुपर्ने भन्दै उनले भनिन्, ‘अन्यथा राष्ट्रियतामा दूरगामी रुपमा धेरै ठूलो क्षति पर्छ,’ उनले भनिन्, ‘अंगिकृत नागरिकता सिधै प्रदान गर्नु विधिशास्त्र मानिंदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर